२०७९।०३।२६ गते आइतबार सार्वजनिक विदा रहेको सम्बन्धी सूचना
यही मिति २०७९/०३/२६ गते आइतवबारका दिन इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद ( ईद उल अजहा) को अवसरमा नेपाल सरकारले देशभर सार्बजनिक विदा दिने निर्णय गरेको हुँदा सो दिन यस विभागबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै, उक्त दिन राहदानी आवेदन फाराम बुझाउने तथा राहदानी संकलन गर्ने पालो परेका सेवाग्राहीहरुले मिति २०७९।०३।२७ गते सोमबार आवेदन फाराम बुझाउन तथा राहदानी संकलन गर्न सक्ने ब्यहोरा समेत अनुरोध छ ।
राहदानी विभाग
त्रिपुरेश्वर, काठमाण्डौं
मिति: २०७९।०३।२४