प्रेस वक्तव्य (२०७३-०९-१९)
प्रेस विज्ञप्ती
माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यूले आज राहदानी विभागमा आयोजित एक समारोहका बीच Mobile Application (App) "Nepal Passport" को शुभारम्भ गर्नुभयो । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै विभागले उक्त App तयार गरेको हो । उक्त App बाट सेवाग्राहीले राहदानी सम्बन्धी विविध जानकारी प्राप्त गर्न र आफ्नोMobile Setबाटै राहदानी फाराम Pre-enroll गर्न सक्नेछन् । यो व्यवस्थाबाट कम्प्युटरबाट मात्र फाराम भर्न सकिने र फाराम अनिवार्य Print गर्नुपर्ने व्यवस्थामा सुधार आउने छ । आफ्नो Mobile set बाटै रितपूर्वक फाराम भरी Submit गरी सकेपश्चात प्राप्त हुने barcode को Screen shot लिई वा नम्बर टिपोट गरी राहदानी विभागमा सम्पर्क राख्न सकिनेछ । यस्तो सेवा दोहा,रियाद,जेद्धा,क्वालालम्पुर,आबुदावी,लण्डन,कुवेत,वासिङटन डि.सी.,न्युयोर्क र हङ्कङ् स्थित नेपाली राजदूतावास र कन्सुलरबाट पनि प्राप्त गर्न सकिनेछ । सेवाग्राहीले आफ्नो Mobile को App Store/Play Store मा गई nepalpassport search गरी उक्त App download गर्न सक्नेछन् । राहदानी विभागले आफ्नो सेवाप्रवाहमा निरन्तर सुधारको प्रयास स्वरुप यो व्यवस्था लागू गरेको हो। यस व्यवस्थाबाट सेवाग्राहीलाई राहदानी फाराम भर्न थप सहज हुने विश्वास विभागले लिएको छ ।
नेपाल सरकार
परराष्ट्र मन्त्रालय
राहदानी विभाग
नारायणहिटी
१९ पौष २०७३
Download PDF