Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

प्रेस विज्ञप्ति


आज माननीय परराष्ट्र मन्त्री डा. नारायण खड्काले राहदानी सङ्ग्रहालयको उद्‍घाटन गर्नुभयो। विभागले गत वर्ष असार ८ मा राहदानी सङ्ग्रहलय स्थापना गर्ने निर्णय गरेको थियो। हाल राहदानी सङ्ग्रहालयमा विक्रम संवत् १९५७ सम्मका गरी विभिन्न प्रकारका राहदानी संकलन गरिएको छ। साथै विद्युतीय माध्यमबाट कियोस्क मेशिनको प्रयोग गरी हेर्न सकिने व्यवस्था समेत गरिएको छ। यस प्रकारको प्रविधि प्रयोग गरेर बनाइएको यो नेपालको पहिलो सङ्ग्रहालय हो।
नमुना राहदानी एक पाने नेपाली कागजमा लेखिएका समेत गरी हाल करिब ३०० राहदानी तथा विभिन्न कागजात सङ्ग्रह गरिएको छ। राहदानी सङ्ग्रहालयको प्राविधिक पक्षहरूमा र पुरानो राहदानी संकलन गर्न पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी तथा राष्ट्रिय अभिलेखालयले सहयोग गरेका थिए। राहदानी विभागले विभागको वेबसाइट मार्फत पनि अवलोकन गर्न सकिने व्यवस्था छिट्टै गर्ने भएको छ। विभागले राहदानी सङ्ग्रहालयमा राख्न उपयुक्त हुने राहदानी वा कागजात उपलव्ध गराउन अनुरोध गर्दै आएको छ।

राहदानी विभाग, त्रिपुरेश्वर
मितिः 2079।02।10